काठमाडौ । वित्तिय संघियताका लागि अमेरीकाले नेपाललाई दिएको सहयोगलाई अमेरीकी राष्ट्रपति डोनाड ट्रम्पले ठगी (फ्रड) को संज्ञा दिएका छन् । उनले अमेरीकी नागरिकले तिरेको करको यस्ता क्षेत्रमा अनुदान पठाएर दुरुपयोग भएको बताए । उनले नेपालको वित्तिय संघियताका लागि दिएको २ करोड डलर र जैविक संरक्षणको लागि दिएको १ करोड ९० लाख डलर बेकारको सहयोग भएको उल्लेख छन् ।
यता भारतको मतदाता शिक्षाका लागि २ करोड २० लाख डलर सहयोग गरेको प्रति असन्तुष्टि जनाउँदै ट्रम्पले विश्वमै धेरै कर लगाउँने भारतलाई किन सहयोग गरिरहनुपर्यो भन्दै प्रश्न गरेका छन् । यद्यपि भारतप्रति सधै आफ्नो सम्मान भएको उनले भनेका छन् । अमेरीकाले नेपालमा एसिसि अन्तगत कार्यान्वयन गरिरहेको परियोजना पनि रोकेको छ । फागुन २ गते एमसीसी कर्पोरेसनले इमेलमार्फत नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु पनि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई गराएको थियो ।
यस्तै केही दिन अघि पनि युसएड अन्र्तगत कार्यक्रमकाहरु स्थगत गरेको थियो । अमेरीकाले विभिन्न देशलाई दिएको यस्ता खालका अनुदान कटौती गरेर ५५ अर्ब डलर बचत गरेको जानकारी पनि ट्रम्पले गराएका छन् । युयसएड अन्तगत मात्रै ६.५ अर्ब डलर बचत गर्न सकेको ट्रम्पले पत्रकार सम्मेलनमा भनेका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !