काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले सरकारलाई नटेरेको दुखेको पोखेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आफू र आफ्नो मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले कुलमानले सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेको र सरकारलाई नटेरेको बताए ।
‘अहिले एमडीका कारणले लोडसेडिङ नभएर यहाँ उत्पात भएजस्तो मान्नुहुन्छ, तत्कालीन अवस्था आजभन्दा ८ वर्षअघि नेपालमा लोडसेडिङ हुन नदिनका लागि साढे ४ सय मेगावाटको आवश्यकता रहेछ, साढे ४ सय मेगावाट भारतबाट ल्याइयो, भारतबाट ल्याउनका लागि ट्रान्मिसन लाइन बन्नुपथ्र्यो होला नि रु त्यो ट्रान्समिसन लाइन कसका कारणले बनेको हो रु अनि उहाँचाहिँ उत्पात देउता हुनुभयो? अचम्म लाग्छ † केही राम्रो काम गर्नुभयो होला, त्यसका लागि विश्लेषण गरेर उहाँलाई धन्यवाद, पुरस्कार के दिनुपर्छ, दिउँला तर सञ्चालक समिति निर्णय गर्छ, उहाँ कार्यान्वयन गर्नुहुन्न, सरकारलाई टेर्नुहुन्न, सय प्रतिशत लगानी सरकारको छ, भाषण गर्दै हिँड्नुहुन्छ कर्मचारी,’ मन्त्री खड्काले भने ।
मन्त्री खड्काले लोडसेडिङ अन्त्य गरेको भनेर कुलमानलाई उत्पात देवत्वकरण गरेको देख्दा आफूलाई अचम्म लागेको टिप्पणी गरे । कुलमानको अराजक गतिविधिमाथि सरकार सधैं हेरेर बस्न नसक्ने र लगाम लाग्ने उनले बताए । एउटा कर्मचारीको पक्षमा प्रतिपक्षी दलहरूले यति धेरै प्रश्न उठाउनुको कारण आफूले बुझ्न नसकेको पनि मन्त्री खड्काले बताए ।
त्यस्तै, डेडिकेटेड ट्रंक लाइन विवाद ८–८ वर्षसम्म किन समाधान नगरेको भन्दै उनले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)तर्फ प्रश्न तेस्र्याए । लाल आयोगको प्रतिवेदनसमेत तत्कालीन सरकारले लुकाएर राखेको मन्त्री खड्काले बताए । कसैले कसैलाई छुट दिन आवश्यक नरहेको बताउँदै उनले बिलका आधारमा निष्पक्ष रूपमा उद्योगहरूबाट बक्यौता तिराइने बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !