काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि करिब १९ खर्ब रुपैयाँ बजेट सीमा (सिलिङ) निर्धारण भएको छ । राष्ट्रिय योजना आयोगले प्रारम्भिक स्रोत अनुमान गर्दै अर्थ मन्त्रालयलाई १९ खर्ब हाराहारीको खर्च सीमा तोक्न सिफारिस गरेको छ।
आयोगले मंगलबारअर्थ मन्त्रालयमा राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन २०८१ पेश गरेको छ । त्यसैगरी योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने सम्बन्धी मार्ग दर्शन पनि अर्थ मन्त्रालयमा पेश गरेको छ ।
चालू आर्थिक वर्ष २०८१/०८२ मा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याइएको थियो । तर, अर्थमन्त्री विष्णु पौडेलले बजेटका अर्धवार्षिक समीक्षामार्फत बजेट घटाएर १६ खर्ब ९२ अर्बमा झारिदिएका छन्। संविधानअनुसार जेठ १५ गते भित्र आउँदो आर्थिक वर्षका लागि बजेट पेश गर्नुपर्ने प्रावधान छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !