तेह्रथुम । तेहथुममा भएको बृहत मुटुरोगका लागि भएको स्वास्थ्य शिबिरवाट ८ सय ७० जना स्थानीय नागरिक विशेष लाभान्वित भएका छन् । शिबिरमा मुटु सम्बन्धी परिक्षण, मधुमेह , उच्च रक्तचाप लगायत परीक्षण गरिएको थियो ।
तेहथुम जिल्लाका ६ वटै गाउपालिकाका स्थानीय नागरिक मुटुको परिक्षण गराउन उपस्थित भएका थिए । काठमाडौँको गंगालाल अस्पतालका कार्यकारी निर्देशक डाक्टर रवि मल्लको नेतृत्वमा चार जना बरिष्ठ चिकित्सक चार जना मेडिकल अफिसर, नर्स , फार्मेसी टिम सहित लायन्स क्लबका पब्लिक रिलेशन अफिसर बिष्णुप्रसाद भण्डारी सहितका जिम्मेर पदाधिकारीहरु काठमाडौवाट पुगी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । पूर्व सीता गुरुङको प्रमुख आतिथ्यतामा भएको स्वास्थ्य शिविरलाई विशेष अवसरको रुपमा लिएर तेहथुम जिल्लाका नगर प्रमुख , सबै गाउँपालिकाका प्रमुखहरु सहित अधिकांश जनप्रतिनिधिहरुको सहभागिता थियो । नगरपालिका गाउंपालिकाले मुटु रोगको आशंका भएका सबै जिल्लावासीलाइ उपचारका लागि आह्वान गरेका कारण नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
काठमाडाँ जान नसकेकाहरुका लागि स्वास्थ्य शिविर साच्चिकै ऐतिहासिक हुन पुगेको लायन लिडर बिष्णु प्रसाद भण्डारीले बताएका छन् । लायन्स इण्टरनेशनल डिष्टिक्ट ३२५ अन्तर्गत लायन्स क्लब अफ काठमाडौ बुद्ध युनिभर्सलका अध्यक्ष गोपाल काफ्ले , आरसी कोइरालाले स्वास्थ्य शिविरमा बृद्धबृद्धाहरुले बरिष्ठ चिकित्सकबाट उपचार गराउन पाएकोमा सबै भन्दा बढी खुशी ब्यक्त गरेको जानकारी गराए । तेहथुममा अहिले सम्मकै ठूलो निःशुल्क स्वास्थ्य शिबिरबाट नागरिकहरुले पाएको सेवा र उनीहरुले ब्यक्त गरेको खुशीले गर्दा हामीलाई यस्ता कार्यक्रम गाउं गाउं लैजानुपर्दो रहेछ थप अनुभूति र हौसला मिलेको डा. रबि मल्लले बताएका छन् ।
लायन्स क्लब जस्ता सामाजिक संस्थाले शहरमा होइन दुर्गम जिल्लाका गाउगाउं सम्म कार्यक्रम लैजाने हो भने सबै भन्दा ठूलो सामाजिक सेवा र धर्म हुने म्यागलुन नगरपालिकाका मेयर संजय तुम्वाहाम्फेले बताएका छन् । उनले लायन्स क्लब र बरिष्ठ चिकित्सकहरु प्रति विशेष आभार समेत ब्यक्त गरेका छन् । शिबिरमा ८ सय ७० जनामध्ये धेरैलाई औषधि दिइएको थियो भने ८ जना मेजर अप्रेशन गर्नुपर्नेहरुलाई काठमाडौँ गंगालाल अस्पताल लगेर निशुल्क उपचार गरिने भएको छ । काठमाडौँ लैजाने जिम्मेवारी लायन्स क्लबले लिएको छ भने अप्रेशन लगायतको सम्पूर्ण जिम्मेवारी अस्पतालले लिने भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !