काठमाडौ । सेयर बजार उकालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यो साता आइतबारबाटै बजार बढ्न शुरु गरेको थियो । नेप्से परिसुचक ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा अडिएको छ । चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन १० अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कारोबारमा ३१४ कमपनी सामेल थिए । कारोबारमा आधारमा हिमालयन रिइन्सुरेनस अगाडी छ । यसको यसको ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ वटा समूहको सूचक बढेका छन् । अन्य समूहको सूचक सबैभन्दा बढीले वृद्धि भएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !