काठमाडौँ । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल शाखा गठन गरिएको छ । सोमवार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्षत्रय र बोर्ड अफ डाइरेक्टरको उपस्थितिमा आयोजित भेलाले नेपाल च्याप्टरको गठन गरेको हो ।
भेलाले कृष्णा पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल रहेका छन् भने सचिव सोविता रिसाल र कोषाध्यक्ष पवन पौडेल रहेका छन् । त्यस्तै बोर्ड अफ डाइरेक्टरमा शोभा अर्याल, आलोक तिवारी, राज ढुंगाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, विमल योगी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र यूव गाह मगर रहेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय पत्रकार महासंघ, नेपाल च्याप्टरको सल्लाहकारमा टंक पन्त, जीवराम भण्डारी, केदार कोईराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही, डा. राजेश अहिराज रहेका छन् भने कानूनी सल्लाहकारमा गणेश घिमिरे ’सुजन’ रहेका छन् ।
नेपाल शाखा भेलालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले पत्रकारितामा देखिएको राजनीतिबाट स्वच्छ र स्वतन्त्र पत्रकारिता गर्ने पत्रकारहरुको सञ्जालको रुपमा शाखा गठन भएको बताए । अमेरिकामा गठन भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघको पहिलो च्याप्टरको रुपमा गठित नेपाल च्याप्टरमा महिला नेतृत्व हुनु प्रशंसनीय रहेको उनको धारणा थियोे । नेपाल शाखा अध्यक्ष कृष्णा पौडेलले अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेटवर्कमा जोडिएर नेपालको पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन आफूहरुको पहल रहने धारणा व्यक्त गरिन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !