काठमाडौँ । नेपाल बीमा प्राधिकरणको पदपूर्ति समितिले फागुन ३ गते उपनिर्देशकमा ५ जनालाई बढुवा गरेको छ। जस मध्ये ३ जना प्रशासन समूह र २ जना कानून समूहका छन् ।
प्रशासन समूह तर्फ बढुवा हुनेहरुमा शम्भु प्रसाद मिश्र,जमुना अर्याल र केदारनाथ भट्ट रहेका छन् भने कानून तर्फ सविता थापा र रंजिता केसी रहेका छन् ।
उम्मेदवारहरुको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता शैक्षिक योग्यता र तालिमवापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने पाँच जनालाई छनौट गरिएको हो ।
प्रशासन समूहमा तीन जनाको आवेदन माग गरिएकामा सात जनाको आवेदन परेको थियो भने कानून समूहको उपनिर्देशकमा २ जना माग गरिएकोमा २ जना मात्र सम्भाब्य उम्मेदवार थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !