रौतहट । भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्। मौलापुरमा फाल्गुन ११ गतेदेखि हुने मधानी महायज्ञमा सहभागी हुन । रौतहट आउने तय भएको हो । भारतीय चलचित्रमा अनुबन्धसमेत भइससकेकी मोनालिसा पहिलो पटक नेपाल आउन लागेको बुझिएको छ । “डायरी अफ मणिपुर“ फिल्मका निर्देशक सनोज मिश्र सगै मोनालिसा मधानी महायज्ञमा आउने तय भएको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले जानकारी दिएकी हुन ।
महाकुम्भ मेलाको त्रिवेणी संगममा युवती शिवको प्रतीक रुद्राक्ष बेच्थिन् ।आँखाको फरक रङका कारण उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले उनलाई मोनालिसासँग तुलना गर्न थालेका हुन् । मधानी महायज्ञमा भारतीय भोजपुरी तथा हिन्दी सिनेमाका कलाकार तथा साँसद रविकिशन, प्रसिद्ध गीतकार तथा पूर्वमन्त्री विनयबिहारी, गायक तथा अभिनेता रितेश पाण्डे पनि आउने निश्चित भएको नगर प्रमुख साहले बताइन ।
उनका अनुसार फागुन ११ उद्घाटन समारोह, १२ गते शिव बारात यात्रा, १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते मधानी विशेष दंगल कार्यक्रम हुने छ । २०७६ देखि हरेक वर्ष महाशिवरात्रीको अवसरमा मौलापुरको पतौरास्थित पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !