काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको रिक्त सञ्चालक पदमा आशिष ढकाल नियुक्त भएका छन् । कम्पनीको ३७औँ सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहतर्फको रिक्त सञ्चालक पदमा ढकाललाई नियुक्त गरेको हो ।
कम्पनीले नेप्सेलाई सञ्चालक नियुक्तिको जानकारी पनि गराइसकेको छ ।ढकाल चार्टड एकाउण्टेन्ट हुन् । उनले भारतको दिल्ली युनिभर्सिटीबाट वाणिज्यमा स्नातक र भारतकै इन्सिच्युट अफ चार्टड एकाउण्टेन्स् अफ इन्डियाबाट चार्टड एकाउण्टेन अध्ययन गरेका छन् । अमेरिकाबाट एडभान्स लिडरसीपको समेत अध्ययन गरेका ढकाल हाल ग्लोबल इक्वीटी फण्डमा आवद्ध छन् । यो प्राइभेट फण्डको उनी ‘को–फउण्डर’समेत हुन् ।
ढकाल सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका सदस्य र नेपाल उद्योग वाणिज्य महासंघको पूर्वाधार समितिको सदस्य छन् । उनी ‘प्राइभेट इक्वीटी एण्ड फण्ड म्यानेजमेन्ट’, ‘क्रस बोर्डर बिजनेश डेभलपमेन्ट’, ‘फाइनान्सियल एनालाइसिस एण्ड रिक्स म्यानेजमेन्ट’ लगायतका विषयमा दक्षता राख्छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !