काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिष्टमा परेको छ । आइतबार बसेको नेपाल सरकार समक्ष नाम सिफारिस समितिको बैठकले ५ जनाको नाम सर्टलिष्टमा राखेको छ ।
सर्टलिष्टमा पर्नेहरुमा कमल प्रसाद रेग्मी, चिरन्जिवी चापागाई, दामोदर बसौला, रामशरण पुडासैनी र सरद ओझा रहेका छन् ।
रेग्मी प्राधिकरणकै निर्देशक हुन् भने चापागाई प्राधिकरणका पूर्व अध्यक्ष हुन् । त्यसैगरी, बसौला नेपाल स्वास्थ्य बीमा बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् भने पुडासैनी पूर्व सचिव हुन् । उनी हाल कृषि विकास बैंकको अध्यक्षको जिम्मेवारीमा छन् । शरद ओझा पत्रकार हुन् ।
सर्टलिष्टमा परेकाहरुको अन्तर्वार्ता १० गते रहेको छ । प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको थियो ।सरकारले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समय दिएरआवेदन खुलाएको थियो ।
आवेदन दिएकामध्ये ५ जनालाई छनोट गरेर उनीहरुको कार्य योजना सहितको प्रस्तुती पछि तीन जनाको सर्ट लिस्ट अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने छ । मन्त्रिपरिषदले ३ जनाबाट १ जनालाई आगामी ४ वर्षका लागि अध्यक्षमा चयन गर्ने छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !