काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर सर्वोच्च अदालतमा दायर भएको मुद्दामा भोलि सोमबार सुनुवाई हुँदै छ । फागुन ५ गते सोमबारलाई यस मुद्दाको पेशी तोकिएको हो ।
गभर्नर अधिकारीको कार्यकाल अन्त्य हुनै लाग्दा उनको योग्यता सम्बन्धि मुद्दामा सुनुवाई हुन लागेको हो । गभर्नर अधिकारीको कार्यकाल आगामी चैत्र २५ मा अन्त्य हुँदै छ।
२०८० पुस १२ गते जोशी ल एण्ड एसोसिएट्सका अधिवक्ता दिपकराज जोशी , ठकुाराठी एशोसिएट्सका अधिवक्ता प्रतापसिंह ठकुराठी , विप्स ल एसोसिएट्स प्रा।लि का संचालक अधिवक्ता दामोदर तिम्सिना र चुडामणी भण्डारीले गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाउदै संयुक्त रुपमा रिट दायर गरेका थिए।
राष्ट्र बैंकको गभर्नर बन्न तोकिएको शैक्षिक योग्यतामा स्नातकोत्तर गरेको हुनु पर्ने व्यवस्था रहेको तर गभर्नरले सीए गरेको र सीएको उपाधिले हालसम्म पनि स्नातकोत्तर सरह मान्यता नपाएको जिकिर रिटमा गरिएको छ । गभर्नरको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ । उनको योग्यता नपुगेकोले उनलाई गभर्नर नियुक्त गर्ने मिति २०७६।१२।२४ को मन्त्रिपरिषदको निर्णय बदर गर्न रिटमा माग गरिएको छ । फागुन ५ गते सोमबारको लागि तोकिएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !