काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेको छ । आज नेप्से परिसूचक ७.२६ विन्दुले घटेर २६७८.४७ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२७ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका तीन उपसमूहका परिसूचक बढेका छन् भने बाँकि दश उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.८८ प्रतिशतले बढेको छ भने यस दिन सर्वाधिक घट्ने उपसमूहमा विकास बैंक उपसमूह रह्यो जसको परिसूचक ०.९५ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन आठ अर्ब ७१ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको ७८ हजार ८ सय ३५ पटकको कारोबारमा सात अर्ब ९२ करोड बराबरको किनबेच भएको छ । जसमा ७६ कम्पनीका शेयर बढेका छन् भने १६२ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी छ कम्पनीका शेयर स्थिर रहेका छन् ।
बिहिबार सर्वाधिक बढ्नेमा कुमारी सवल योजना, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र मातृभूमि लघुवित्त रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा न्यादी हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट रह्यो जसको ३४ करोड १४ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा एचआइडीसीएलको प्रमोटर शेयर रह्यो जसको पाँच लाख ८३ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !