काठममाडौ । अर्थ मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।अर्थ मन्त्रालयअन्तर्गत वित्तीय व्यवस्थापन, प्रशासन, नीति विश्लेषण, भन्सार, कर तथा अन्य क्षेत्रका महाशाखा र निकायहरूमा कार्यरत सहसचिवहरूलाई नयाँ जिम्मेवारी तोकिएको छ ।मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा मदन दाहाललाई जिम्मेवारी दिएको छ भने भन्सार विभागको जिम्मेवारी महेश भट्टराईलाई दिएको छ । दाहाल यसअघि अर्थ मन्त्रालयको प्रशासन महाशाखामा थिए भने भट्टराई योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा थिए ।
यस्तै वित्तीय व्यवस्थापन समन्वय महाशाखाका थानप्रसाद पंगेनीलाई प्रशासन महाशाखामा सारिएको छ । शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रबाट आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ । मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा रहेका सहसचिव महेश आचार्य सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुखमा सरुवा गरिएको छ । तिर्थराज चिलवाल पनि आन्तरिक राजस्व विभाग पुगेका छन् ।
आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको भुमिकामा रहेका सेवन्तक पोखरेललाई अर्थमन्त्रालयमा वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सारिएको छ । पार्वती अर्याललाई प्रमुख भन्सार परिक्षण प्रशासक बनाइएइको छ । भन्सार विभागको यमुना प्रधानलाई सहमहालेखा नियन्त्रक बनाइएको छ । आन्तरिक राजस्व विभागमै रहेका गोपीकृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।
यता, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा रहेका अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशको जिम्मेवारी दिइएको छ । सहमहालेखा नियन्त्रकको भुमिकामा रहेका श्याम प्रसाद भण्डारीलाई अर्थमन्त्रालयमा योजना अनुगमन तथा मूल्यांकन महाशाखामा सारिएको छ । र, अर्थमन्त्रालयमा सुचना प्रविधि विज्ञको रुपमा रहेका चन्द्र शाहलाई आन्तरिक राजस्व विभागमा पुर्याइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !