काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले १५ दिनको लागि आफ्नो आन्दोलन स्थगित गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको छलफलको क्रममा १५ दिनको लागि आन्दोलन स्थगित गर्ने सहमति भएको संघले जनाएको छ।
सहमति अनुसार संघले उठाएको मागहरुको बारेमा अध्ययन गर्ने अध्ययन समिति गठन गर्ने सहमति भएको छ । छलफलका क्रममा नेपाल आयल निगमले सकारात्मक बनेसँगै १५ दिनलाई आन्दोलन स्थगित गर्ने निर्णय भएको संघका पूतिनिधिद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
वार्तामा विभागीय मन्त्री दामोदर भण्डारीका साथै संघका अध्यक्ष शिव घिमिरे, नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका भट्ट लगायत सहभागी थिए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !