काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सडक नै बन्द भएको छ । पानीको पाइप र ढल फुटेर सडकमा बगेपछि दक्षिणतर्फको सडकको लेन बन्द भएको हो।
पाइप फुटेर विशेष अदालत, जिल्ला अदालत तथा वन परिसरतर्फ बगेपछि ती कार्यालय जानसमेत सर्वसाधारणलाई समस्या भएको छ । घण्टौँ प्रयास गर्दा पनि समस्या समाधान हुन सकेको छैन । सरकारी कार्यालयबाट कर्मचारीहरूसमेत कार्यालयबाट निस्कन सकेका छैनन्।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !