काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाको लागि माघ महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई कायम रखेका छन् । ग्लोबल आइएमई बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएको छ भने लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत विन्दुले नै घटाएको छ । बाँकी १८ बैंकले माघ महिनाकै ब्याजदर कायम गरेका छन् ।
ग्लोबलको ब्याजदर ०.२५ प्रतिशत बिन्दुुले बढेर ६ प्रतिशत पुगेको छ । माघमा ५.७५ प्रतिशत रहेको थियो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको औषत ब्याजदर फागुनमा ६ प्रतिशत रहेको छ । लक्ष्मी सनराइज बैंकले फागुनका लागि ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटेको छ । माघमा ५.७५ प्रतिशत ब्याजदर रहेको थियो । अहिले घटेर ५.५० प्रतिशत रहेको छ ।
एनआइसी एशिया र एनएमबी बैंकको ६.६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.५ प्रतिशत, प्राइम कमर्सियल। स्ट्याण्डर्ड चाटर्ड बैंक र हिमालयन बैंकको ६.२५ प्रतिशत कायम भएको छ । यस्तै प्रभुको ६.१, सानिमाको ६.०५ रहेको छ भने एभरेष्ट, माछापुछ्रे, राष्टिय बाणिज्य बैंक, सिद्धार्थको ६ प्रतिशत रहेको छ । कुमारी ५.९१ प्रतिशत, नबिल ५.७५, सिटिजन्स ५.६५, नेपाल बैंक ५.६, कृषि विकास बैंक ५.५१ प्रतिशत र नेपाल एसबिआइ बैंकको ५.५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !