काठमाडौ । पूर्व मिस नेपाल नम्रता श्रेष्ठले पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको सम्बन्ध विच्छेदका घटनाहरुबारे आफू अनभिज्ञ भएको बताएकी छन् । ‘मैंले कसैसँग प्रेम राखेको पनि छैन, विहे पनि भएको छैन् । त्यसैले सम्बन्ध बिच्छेद नि भएको छैन् । त्यहि भएर सम्बन्ध बिच्छेदको प्रसंगमा बोल्ने अधिकार छैन् । किनभने दुईजना मान्छेले सम्बन्ध बिच्छेद गर्ने निर्णय गर्नुहुन्छ । उहाँहरुबीच के कुरा भएको हुन्छ त्यसबारे मलाई बोल्ने अधिकार छैन्,’ उनले भनिन् ।
सम्बन्ध विच्छेदका घट्नाहरु कलाकारिता क्षेत्र भन्दापनि बाहिरी समाजमा धेरै भएको सुनाइन् । ‘बाहिरको समाजमा क्यामेरा लिएर कोही जाँदैन तर कलाकारहरुको बारेमा खोजतलास भइहाल्छ । कलाकारिता क्षेत्रमा पनि बिहे गरेर उदाहरणीय बन्नुभएकाहरु धेरै हुनुहुन्छ । सबैलाई एकै नजरले हेर्नुहुँदैन् । निश्चल दाई (निश्चल बस्नेत)र स्वस्तिमा दिदी(स्वस्तिमा खड्का)को हेर्नुहोस त टिकिरहेकै छ नि । कतिपय ठाउँमा कलाकार भएता पनि सम्बन्धलााई राम्रोसँग लिएर जानुभएको छ,’ उनले भनिन् ।
चारबर्ष अघि आफू मिस नेपालको ताज पहिरिएपछि धेरै फिल्म खेल्ने अवसर आएको सुनाउँदै फिल्मी क्षेत्र भनेको सरकारी जागिरजस्तो नभएकाले गर्नैपर्ने बाध्यता नरहेको बताइन् । ‘मलाई दुईवटा फिल्म मात्र गर्न मन लाग्यो भने पुग्यो भने विश्राम लिन पाउँछु । अबको २० वर्षसम्म पनि यही क्षेत्रमा हुन्छु भन्दापनि पाउँछु,’ उनले भनिन् ।
सुरेश न्यौपाने निर्देशित फिल्ममा नम्रतासहित सलोन बस्नेत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी लगायतको अभिनय छ । बाबुछोरीको भावनात्मक सम्बन्धको कथामा फिल्म आधारित छ ।
नम्रता सन् २०२२ की मिस नेपाल वल्र्ड विजेता हुन् । उनले टेलिभिजनको कमेडी शो ‘कमेडी दरबार’मा होस्टको रुपमा समेत काम गरिसकेकी छिन् । त्यसअघि हिमालय टिभीको गायन रियालिटी शो ‘नेपाल लोकस्टार’को पनि होस्ट गरेकी थिइन् ।
पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’ फागुन २ गते प्रदर्शन हुन लागेको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !