काठमाडौँ। मङ्गलबार नेप्से परिसूचक एकल अंकले बढेको छ । आज नेप्से परिसूचक ६.५४ विन्दुले बढेर २६८३.८६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२४ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका पाँच उपसमूहका परिसूचक बढेका छन् भने बाँकि आठ उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा विकास बैंक उपसमूह रह्यो जसको परिसूचक २.३७ प्रतिशतले बढेको छ भने यस दिन सर्वाधिक घट्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक १.०५ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन छ अर्ब ९६ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९९ स्टकको ७२ हजार ९४ पटकको कारोबारमा सात अर्ब २४ करोड बराबरको किनबेच भएको छ । जसमा १३४ कम्पनीका शेयर बढेका छन् भने ९८ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी ११ कम्पनीका शेयर स्थिर रहेका छन् ।
मङ्गलबार सर्वाधिक बढ्नेमा सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमाभूगोल इनर्जी डेभलप्मेंट कम्पनी रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा सीइडीबि होल्डीङ्ग्स लिमिटेड रह्यो जसको ३६ करोड ८१ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा एनआइसी एसिया ग्रोथ फण्ड रह्यो जसको सात लाख १२ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !