काठमाडौ । एभरेष्ट बैंकले सुदूरपश्चिम प्रदेशको साइपाल गाउँपालिकास्थित धलौनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारिक रूपमा उद्घाटन गरिएको उक्त समारोहमा साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर के.सी लगायतको उपस्थिति रहेको थियो। यो बैंकको १२९औं कार्यालय हो।
वित्तीय पहुँचबाट टाढा रहेको साइपाल गाउँपालिकामा बैंकको यो शाखा कार्यालय सञ्चालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा क वर्गको वाणिज्य बैंकको उपस्थिति रहन गएको छ। उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै संघीय राष्ट्रको सम्पूर्ण पालिकामा बैंक पुर्याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताए।
यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेका बैंकको भनाइ छ। बैंकले १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटिएम छन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !