काठमाडौ । एनआइशी एशिया बैंकले अग्राधिकार सेयर प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको ५ अर्ब रुपैयाँको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने जनाएको छ ।
अग्राधिकार सेयर प्रस्ताव पारित गर्न फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको हो । बैंकको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले सो दिन साधारणसभा गर्ने मिति तय गरेको छ ।
यसैगरी बैंकको साधारण सभाले बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ । साथै, जारी तथा चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !