काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी शासन सत्ता सम्हाल्न थाले यता कडा रुपमा प्रस्तुत भइरहेका छन् । चाहे आप्रवासी नीति सम्वन्धमा होस् या सरकारी खर्च कटौतिमा होस् या कर नीति सम्वन्धमा हरेक दिन नयाँ कडा नीति ल्याइरहेका छन् । यसै बीच ट्रम्पले आइतवार ट्रम्पले अमेरिकामा सबै स्टील र एल्युमिनियम आयातहरूमा २५ प्रतिशत शुल्क लागू गर्ने बताएका छन्।
ट्रम्पले पारस्परिक ट्यारिफ योजनाको बारेमा अन्य मुलुकहरुले पनि शुल्क लगाउने हुँदा आफूहरुले पनि शुलक लगाउन उपयुक्त हुने प्रतिक्रिया दिएका छन् ।अमेरिकी स्टील आयातको सबैभन्दा ठूलो स्रोत क्यानाडा, ब्राजिल र मेक्सिको हो, त्यसपछि दक्षिण कोरिया र भियतनाम हुन् ।
जलविद्युतले धनी क्यानाडा अमेरिकालाई आल्मुनियमको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो, जसले २०२४ को पहिलो ११ महिनामा अमेरिकाको कुल आयातको ७९ प्रतिशत हिस्सा ओगट्दछ ।क्यानाडाबाट अमेरिका आयात हुने स्टील र एल्युमिनियम गुणस्तरीय हुने हुँदा यसबाट जहाज निर्माण र अटो क्षेत्रमा कच्चा पदार्थको रुपमा उपभोग हुने गर्दछ ।
ट्रम्पले अमेरिकी सरकारले जापानको निप्पोन स्टिल कम्पनीलाई भने आयात अनुमति दिने जनाएका छन् । यसअघि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा स्टिलमा २५प्रतिशत र एल्युमिनियममा १०प्रतिशत कर लगाएका थिए तर पछि क्यानडा, मेक्सिको र ब्राजिल लगायत धेरै व्यापारिक साझेदारहरूलाई शुल्क छुट दिएका थिए। मेक्सिको एल्युमिनियमको कच्चा पदार्थ र आल्मुनियम मिश्रित धातुको अमेरिकामा प्रमुख आपूर्तिकर्ता मध्येको अर्को मुलुक हो।
ट्रम्पले स्टिल आयातमा लगाएको शुल्क पछि क्यानाडा,मेक्सिको लगायत युरोपियन मुलुकहरु यतिखेर जतिसक्दो चाँडो अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता माथि छलफल गरेर अहिले भइरहेको व्यापारिक अनिश्चितताको अन्त्य गर्नुपर्नेमा एक मत भएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !