काठमाडौ । शिवम् सिमेन्ट्स लिमिटेडको व्यापारमा गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको ब्यापार ११.८८ प्रतिशतले घटेर ३ अर्ब १० करोड रुपैयाँमा झरेको छ । गत वर्ष कम्पनीले ३ अर्ब ५१ करोढ रुपैयाँको ब्यापार गरेको थियो । कम्पनीको अन्य आम्दानी पनि २७.९७ प्रतिशत घटेको छ ।
व्यापार घट्दा कम्पनीको नाफा प्रभावित बनेको छ । दोस्रो त्रैमासम्म कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको गत वर्षको भन्दा ६१.७७ प्रतिशतले कम हो । गत वर्ष यसले १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !