काठमाडौँ । प्रहरीले पाँच करोड पर्ने बहुमुल्य ढुङ्गा दिन्छु भनी प्रलोभन देखाएर १३ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । यसरी ठगिने कुन्ती सुब्बा गुरुङको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा पर्वत फलेवास नगरपालिका वडा नं. ५ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ छोरेपाटन बस्ने वर्ष ३१ की ईन्दिरा बि.क., ३६ को राजन बि.क. र खोटाङका २७ की जुनु भन्ने लक्ष्मी राईलाई पक्राउ गरेको हो ।
उनीहरुको कोठाबाट प्रहरीले सेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान गरी जम्मा ७ थान बरामद गरेको छ । साथै उनीहरुबाट बिभिन्न बैकका एकतिस लाख बराबरका ४ थान चेक र मोवाईल ४ वटा समेत फेला पारेको छ । घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिई प्रहरीले ठगी सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !