काठमाडौँ। यस साताको पहिलो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ । आज नेप्से परिसूचक ११.४९ विन्दुले घटेर २६८८.३१ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.४२ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका चार उपसमूहका परिसूचक बढेका छन् भने बाँकि नौ उपसमूहकिआ परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा ब्यापार उपसमूह रह्यो जसको परिसूचक १.३९ प्रतिशतले बढेको छ भने यस दिन सर्वाधिक घट्ने उपसमूहमा विकास बैंक उपसमूह रह्यो जसको परिसूचक १.३५ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसंगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन आठ अर्ब ९५ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ८४ हजार दुई सय ८० पटकको कारोबारमा आठ अर्ब ३९ करोड बराबरको किनबेच भएको छ । जसमा ६९ कम्पनीका शेयर बढेका छन् भने १६७ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी छ कम्पनीका शेयर स्थिर रहेका छन् ।
आइतबार सर्वाधिक बढ्नेमा सेन्ट्रल फाइनान्स र गर्डियन माइक्रो फाइनान्स रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा सप्तकोशी विकास बैंक रह्यो जसको शेयर ६.५२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेड रह्यो जसको ३१ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा अरुण भ्याली हाइड्रोपावर रह्यो जसको चार लाख ७६ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !