काठमाडौ । बुधबार सेयर बजारमा करिब ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । सूचक नेप्से बुधबार ४.४५ विन्दुले घटेको छ । आज नेप्से सूचक २७११.४५ विन्दुमा अडिएको छ । बुधबार ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
उपकार लघुवित्त वित्तिय संस्था, छ्याङ्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र पोखरा फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको हो । ५ वटा समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ । यस दिन ३०९ कम्पनीको १ करोड ९१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
३३ करोड ७६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अगाडी छ । यसैगरी, दोस्रो स्थानमा हिमालयन पावर पाटर्नर र तेस्रो सिनर्जी पावर परेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !