काठमाडौँ । नेपाल सरकारको नगद मौज्दात २०८१ पुस मसान्तसम्ममा २९७ अर्ब ७० करोड रेहेको देखिएको छ । राष्ट्र बैंकले उपलब्ध गराएकोृ जानकारी अनुसार सरकारका राष्ट्र बैंकमा रहेको विभिन्न खातामा रु. (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) २९७ अर्ब ७० करोड नगद मौज्दात रहेको देखिएको हो । २०८१ असार मसान्तमा यस्तो मौज्दात रु.८३ अर्ब ९९ करोड रहेको थियो।
यस्तै नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा नेपाल सरकारको कुल खर्च ६६७ अर्ब ६० करोड रहेको छ । यो अवधिमा चालु खर्च रु.४५२ अर्ब, पुँजीगत खर्च रु.५६ अर्ब ९४ करोड र वित्तीय व्यवस्था खर्च.१५८ अर्ब ६६ करोड रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) रु.५५९ अर्ब ६१ करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व रु.४८९ अर्ब ४० करोड र गैर कर राजस्व रु.७० अर्ब २१ करोड परिचालन भएको देखिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !