काठमाडौ । नेपालमा पछिल्लो समय मोबाइल बैकिङ कारोबार मौलाउँदै गएको छ । हात हातमा मोबाइल हुने भएपछि अधिकांशले मोबाइल बैकिङबाटै भुक्तानी गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पुष महिनामा झण्डै चार खर्ब मोबाइल बैकिङ मार्फत भुक्तानी भएको छ ।
केन्द्रिय बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार पुष महिनामा ३ खर्ब ९८ अर्ब ३८ करोड २० लाख रुपैयाँ मोबाइल बैकिङ मार्फत भुक्तानी भएको छ । यो चालु आर्थिक वर्षको सबैभन्दा धेरै हो । मंसिरमा ३ खर्ब ८८ अर्ब ४४ लाख १० लाख रुपैयाँ मोबाइल बैकिङ मार्फत भुक्तानी भएको थियो। नेपालमा मोबाइल बैकिङ प्रयोगकर्ता २ करोड ६३ लाख ३६ हजार ११७ रहेको छ जबकी मंसिरसम्ममा यस्ता प्रयोगकर्ता २ करोड ६० लाख ३४ हजार भन्दा बढी रहेको थियो । यसले एकै महिनामा ३ लाख भन्दा बढी मोबाइल बैकिङ प्रयोगकर्ता थपिएको देखिन्छ ।
बढ्दो मोबाइल बैकिङको प्रयोगले पछिल्लो समय अन्य माध्यममार्फत गरिने भुक्तानी कम हुदै गएको छ । पछिल्लो समय एटिएमसम्म पुगेर पैसा झिक्नेक्रममा पनि कमी आएको छ । पुष महिनामा एटिएमबाट ८७ अर्ब ५२ करोड रुपैयाँ पैसा झिकिएको छ । कुनै समय एटिएममै लाइन लाग्नुपर्ने अवस्थाको मोबाइल बैकिङले अन्त्य गरिरहेको छ । अहिले नेपालमा बैंक तथा वित्तिय संस्थाको ५ हजार २ सय २९ वटा एटिएम पुगेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !