काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुुलद्वारा आज आयोजित ‘युवा अन्तक्र्रिया कार्यक्रम’ मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरुलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गरे। “विदेशमा गएर नेपाली युुवाले अरुका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युुवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ ।’’, विद्यार्थीहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुपर्छ ।’’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !