काठमाडौं । आज (माघ १७) तामाङ समुदायले देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार पर्व मनाउँदैछन् । यो पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यो पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।
यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिएका छन् । यो पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरेका छन् ।तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !