काठमाडौँ । २ वर्षअघिसम्म टाटा पल्टिने अवस्थामा पुगेको श्रीलङ्काले आफ्नो आर्थिक हैसियतमा सुधार गरेको छ । जथाभावी वैदेशिक ऋण लिएर तिर्न नसक्ने अवस्थामा पुगेको श्रीलङ्काले पर्यटन क्षेत्रमा गरेको सुधार तथा बजेटमा अपनाएको मितब्ययिताका कारण सन् २०२५मा ४ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान गरिएको छ । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मङ्गलबार राति आयोजित एक कार्यक्रममा २०२५ को बजेटबाट सरकारी पुँजीगत खर्चका लागि ४।६ अर्ब अमेरिकी डलर० विनियोजन गर्ने बताएका छन्, जुन हालैका सरकारी पूँजीगत खर्चमध्ये सबैभन्दा बढी हो ।
त्यसैगरी उनले सन् २०२५ मा आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्ने अपेक्षा गरेको र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न तथा कायम राख्न आवश्यक सुविधा उपलब्ध गराउनु पर्ने बताए।
“पूँजीगत खर्चको सम्पूर्ण विनियोजनलाई उपयोग गर्न सरकारले आवश्यक संयन्त्र बनाएर काम गरिरहेको छ ।”
श्रीलङ्कामा लगानी गर्न स्वीकृति पाउन अहिले ८२ विभिन्न संस्थाबाट स्वीकृति लिनुपर्ने र ती स्वीकृति पाउन साढे दुई वर्ष लाग्ने भएकाले यसलाई ६ महिनामा झार्ने उनले वाचा गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !