काठमाडौ । मंगलबार सेयर बजारमा उत्साह देखिएको छ । दोहोरो अंकले बढेको बजारमा करिब साढे ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार नेप्से सूचक २४.५० विन्दुले बढेर २६५७.७७ अंकमा आडिएको छ ।आज ९ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
गत मंसिर २७ गते यता भएको सेयर कारोबार रकममा आज सबैभन्दा बढीको सेयर कारोबार भएको छ । गत मंसिर २७ मा १० अर्ब रुपैयाँभन्दा बढी रकमको सेयर कारोबार भएको थियो । आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तिय संस्था, सिकलेस हाइड्रोपावर, थ्रि स्टार हाइड्रोपावर, जानकी फाइनान्स कम्पनी र न्यादी हाइड्रोपावरको सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ ।
आज विकास बैंक समूहमा सबैभन्दा बढी वृद्धि भएको छ । सबै समूहका सूचक बढेका छन् ।यस दिन ३ सय २५ कम्पनीको १ करोड ९६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा सप्तकोशी डेभलपमेन्ट बैंक अगाडी छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड २१ लाखभन्दा बढी रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !