काठमाडौ । आन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने करको दायित्व हेरफेर गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई करको दायित्व बढाएको आरोप छ ।
पक्राउ पर्नेहरुमा पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय परिन पाण्डे छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो ।
उनीहरुले २ अर्ब ३४ करोड १६लाख ४२ हजार ८१६को राजस्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ लाई परिवर्तन गरी १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ बनाई अपडेट गरेको अनुसन्धानबाट खुलेको छ । यसी करदातालाई बढी कर दायित्व सृजना हुने गरी राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनाधिकृत रुपमा प्रविष्ट गरेको देखिन्छ ।
अडिट फर्मको तर्फबाट विभागको सिस्टमा प्रवेश गरी करदाताहरूको कारोबार विवरण आफू अनकूल बढी, घटी बनाई लाभ लिने उदेश्यले भाटभटेनीको करको दायरा बढाइएको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !