काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तिय संस्था विरुद्ध भ्रम फैलाउँने काम भएको भन्दै गुनासो गरेका छन् । राष्ट्रिय बाणिज्य बैंकको ६० औ बार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारी भ्रम छर्नेहरु प्रति रुष्ट बनेका हुन् । बैंक तथा वित्तिय संस्था समस्यामा छन की भनेर हलला फैलाउँने तथा चाहिदो नचाहिदो कुराहरु सामजिक सञ्जाल तथा मिडियामार्फत फैलाउँने काम भइरहेको गुनासो उनले गरे ।
गभर्नर अधिकारीले भने, ‘कतिपयले अहिले बैंक तथा वित्तीय संस्थाहरु समस्यामा छन् की भनेर हल्ला फैलाइरहेका छन् । अफवाह फैलाउने, चाहिने नचाहिने कुराहरू सामाजिक सञ्जालमा राख्ने गरेका छन् । मिडियामा छोटो कुरा आउने तर वास्तविकता नल्याएर मानिसहरूमा भ्रम छरिदिने काम भइरहेको पाइएको छ ।’
बैंक तथा वित्तिय संस्थामा पनि उत्तार चढाव आउँछ भन्ने कुरा बुझ्नु जरुरी भएको उनले बताए । सबै वित्तीय संस्थाहरूलाई नजिकबाट राष्ट्र बैंकले नियालिरहेकोले निक्षेपकर्ताको निक्षेप डुब्न नदिने पनि उनले स्पष्ट पारे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !