काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीलाई असाधारण मेहनत गरेर असाधारण उपलब्धि निकाल्न निर्देशन दिएका छन् । बैंकको ६० औ बार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बैंकको प्रगति सञ्चालक र व्यवस्थापनको उच्च पदले मात्र गर्छ भनेर नसोची कर्मचारीहरुलाई पनि आ- आफ्नो ठाउँबाट मेहनत गर्न निर्देशन दिएका हुन् ।
बैंकको प्रगति र प्रतिष्ठाले मात्र कर्मचारीको व्यत्तित्व र वृत्ति विकास हुने भएकाले सबैले कडा मेहनत गर्नुपर्ने अर्थमन्त्री पौडेलले बताए । उनले भने, बैंक सम्बन्ध ट्रेड युनियनले राखेको माग अर्थमन्त्रालय पुगेको छ, हामी तपाइहरुलाई निराश नहुने गरी प्रोत्साहन दिने गरी तपाइहरुको माग सम्बोधन गर्छौ ।
साथै अर्थमन्त्री पौडेलले आफुहरु यो सरकार कहिलेसम्म टिक्छ भनेर दिन गनेर नबसेको पनि स्पष्ट पारे । परिणाममुखी काम गर्नकै लागि अध्यादेश मार्फत २९ वटा ऐनलाई संसोधन गरेको बताउँदै मन्त्री पौडेलले सरकार गुणस्तरीय सेवा प्रवाह र सुशासनको प्रगति हेर्न चाहेको बताए ।
वि.सं. २०२० साल माघ १० गते राष्ट्रिय वाणिज्य बैंक सरकारको पूर्ण स्वामित्वमा स्थापना भएको हो । तत्कालिन समयमा अर्थतन्त्रलाई माथि उठाउँने र वित्तिय पहुँच बृद्धि गर्ने उदेश्यले बैंकको स्थापना भएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !