काठमाडौ । बाणिज्य बैंकहरुले ६ महिनामा २ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तसम्म बैंकहरुको ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानीमा रहेको थियो । त्यसको ६ महिनापछि बैंकहरुले प्रवाह गरेको कर्जा २ खर्ब ४४ अर्ब रुपैयाँले बढेर ४८ खर्ब १५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकहरुले उक्त कर्जा प्रवाह गरेका हुन् । एभरेष्ट बैंकले ६ महिनामा ३० अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ग्लोबल आइएमइ बैंकले ३९ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता नबिल बैंकले ६ महिनामा जम्मा २० अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा कुमारी बैंकले ११ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । यता एनआइशी एशिया बैंक र कृषि विकास बैंकले खासै कर्जा प्रवाह गर्न सकेको देखिदैन ।
कुन बैंकको कर्जा प्रवाह कति ?
यो अवधिमा बैंकहरुले २ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको देखिन्छ । गत असार मसान्तसम्म ५७ अर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप बैकिङ प्रणालीमा रहेकोमा त्यसको ६ महिनापछि (पुषमसान्तसम्म) २ खर्ब ३३ अर्ब रुपैयाँले बढेर बैकिङ प्रणालीको निक्षेप ५९ खर्ब ८७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बैंकर्ससंघको तथ्यांकले यो अवधिमा निक्षेप संकलन भन्दा कर्जा प्रवाह बढी भएको देखिएको छ । एनआइशी एशिया र प्रभु बैंकमा निक्षेप संकलनमा खासै बृद्धि भएको देखिदैन भने ग्लोबल आइएमइ बैंकमा २९ अर्ब १८ करोड रुपैयाँ निक्षेप थपिएको देखिन्छ ।
कुन बैंकको निक्षेप कति ?
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !