काठमाडौँ। भारतको महाराष्ट्रस्थित जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ, जसमा चार नेपाली नागरिकहरू छन्। मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।अधिकारीहरुका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !