काठमाडौ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेको भन्दै ७ वटा विकास बैंक र ८ वटा फाइनान्स कम्पनी गरी १५ संस्थालाई कारबाही गरेको छ । सुहुलियतपूर्ण कर्जा दुरुपयोग गर्ने विकास बैंकहरुमा लुम्बीनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तीनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक, र सप्तकोशी डेभलपमेण्ट बैंक रहेका छन् ।
यी बैंकहरुलाई पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्दा सदुपयोग नभइ दुरुपयोग भएको पाइएको केन्द्रिय बैंकले भनेको छ ।सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको सम्बन्धमा अध्ययन गरेको परामर्शदाताले पेश गरेको प्रतिवेदनमा संस्थाहरुबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी यस बैंकमा पेश गरेको प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नगरी केन्द्रिय बैंकको निर्देशन उल्लंघन गरेको भनिएको छ । यसकारण ७ वटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराईएको केन्द्रिय बैंकले जनाएको छ ।
यस्तै ८ वटा फाइनान्स कम्पनीका सिइओलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । सहुलियतपूर्ण कर्जा दुरुपयोगमा समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइ.सि.एफ.सि फाइनान्स, जानकी फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स लिर रिलायन्स फाइनान्सका सिइओलाई सचेत गराइएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !