काठमाडौँ। मंगलबार नेप्सेमा उच्च अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५२ . ३६ अङ्कले बढेर २६६५.४५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः दुई प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका १३ वटै उपसमूहका परिसूचक बढेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा अन्य उपसमूह रह्यो जसको परिसूचक ४ . २४ प्रतिशतले बढेको छ। त्यसै गरी सबै भन्दा कम बढ्ने उपसमूहमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक ०. ४९ प्रतिशतले बढेको छ।
नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि ह्वात्तै बढेको छ । अघिल्लो कारोबार दिन छ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ९० हजार छ सय ९६ पटकको कारोबारमा नौ अर्ब २० करोड रुपैयाँ बराबरको किनबेच भएको छ । जसमा १९६ कम्पनीका शेयर बढेका छन् भने ३७ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी नौ कम्पनीका शेयर भने स्थिर रहेका छन् ।
बुधबार सर्वाधिक बढ्नेमा दोर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ति पावर रह्यो जसको शेयर सर्वाधिक दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा बाराही हाइड्रोपावर लिमिटेड रह्यो जसको शेयर ८.२१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलप्मेंट कम्पनी रह्यो जसको ६१ करोड ३६ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा निफ्राको शेयर रह्यो जसको पाँच लाख ५६ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !