काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबार थप ९० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्न लागेको हो ।
बैंकले निक्षेप संकलन बोलकबोल उपकरणमार्फत २१ दिनको लागि बजारबाट रकम तान्न लागेको हो । बजारमा उच्च तरलता भएपछि बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव माग गरेको हो । उच्च तरलता भएका बैंक तथा वित्तीय संस्थाले २ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बिड गर्नुपर्नेछ ।
बोलकबोलमा भाग लिने वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ९० अर्ब रुपैयाँसम्म जम्मा गर्न सक्नेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !