काठमाडौँ। स्थानीय बजारमा सुन र चाँदीको मूल्य ह्वात्तै बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो केहि दिनदेखि लगातार सुनको मूल्य बढिरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच भईरहेको छ ।अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !