काठमाडौँ । बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने आज बुधबार रुपन्देही जिल्ला अदालत हाजिर हुने भएका छन् । उनी मङ्गलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रुपन्देहीको भैरहवा पुगेका हुन् ।
मंगलबार भैरहवामा रवि लामिछानेले पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरेका थिए। रास्वपा सिद्धार्थनगरका निवर्तमान सभापति सुमन न्यौपानेका अनुसार लामिछाने भैरहवाको देवकोटा चोकस्थित मेरिगोल्ड होटलमा बस्नेछन् ।
लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो । लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र सुरु मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !