काठमाडौँ । धरानको खानेपानीको समस्या सुनाउन भन्दै प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका धरानका मेयर हर्क साम्पाङ प्रधानमन्त्री नभेटि फर्किएका छन् । रित्तो गाग्री बोकेर प्रधानमन्त्री कार्यालय पुगेका उनलाई प्रधानमन्त्रीको कार्यालयले १ घण्टा बढी कुराएर भेट्न नदिएपछि अर्थमन्त्री र खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर फर्किएका हुन् । खानेपानीको समस्याबारे ध्यानाकर्षण प्रधानमन्त्रीलाई गराउन भन्दै सोमबार मेयर साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए । प्रहरीले उनको हातमा बोकेको रित्तो गाग्री जफत गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली आज आयोजित सगरमाथा सम्वादमा व्यस्त भएकाले हकलाई समय दिन भ्याएनन् । प्रधानमन्त्रीसँग भेट नपाएपछि साम्पाङ अर्थ मन्त्रालय र खानेपानी मन्त्रालय पनि पुगे । हर्कसँगको भेटमा खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो तर्फबाट धरानको खानेपानीको समस्या हल गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने आश्वासन दिएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !