काठमाडौ । नाफामा नम्बर एक बन्ने दौडमा उत्रिएको ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको अघिल्लो वर्षको यसै अवधिको तुलनामा नाफा ४९.५१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा यस बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी केही घटेपनि इम्पेयरमेन्ट चार्ज घट्दा यसको खुद नाफा बढ्न सहयोग पुगेको हो ।
बैंकको खुद ब्याज आम्दानी भने ४.४१ प्रतिशतले घटेर १० अर्ब ३८ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष ४ अर्ब १३ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष २ अर्ब २० करोड रुपैयाँमा झरेको छ । बैंकको सञ्चालन नाफा ४ अर्ब २० करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
गत वर्षको यसै अवधिको तुलनामा ४७.८८ प्रतिशतले बढी हो । यसको वित्तरणयोग्य नाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ । बैंकको रिटर्न अन इक्विटी ९.६९ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा छ । चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !