काठमाडौ । एभरेष्ट बैंकले केही समय यता निरन्तर नाफा बढाइरहेको छ । त्यही नाफा बढाउँने यात्राले चालु आर्थिक बर्ष २०८१/०८२ को पहिलो ६ महिनामा पनि निरन्तरता पाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको अघिल्लो वर्षको यसै अवधिको
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेपछि नाफा बढ्न पुगेको हो । खुद ब्याज आम्दानी १९.११ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी पनि २६.९७ प्रतिशतले बढेर ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ०६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा छ । चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ छ ।
बैंकको सञ्चालन नाफा ३ अर्ब ७६ करोड १० लाख रुपैयाँ छ । यो भनेको गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २९७ प्रतिशतले बढी हो । बैंकको वित्तरणयोग्य नाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ छ । यो गत वर्ष (२०८० पुष मसान्तसम्म) भन्दा १२.९७ प्रतिशतले बढी हो । बैंकको खराब कर्जा पनि घटेर ०.६६ प्रतिशतमा आएको छ । गत वर्षको यसै अवधिमा ०.७७ प्रतिशत खराब कर्जा थियो ।
बैंकको आधारदर ३.०३ प्रतिशतले घटेको छ । अहिले बैंकको आधारदर ५.८४ प्रतिशत छ । आधारदर घट्नु भनेको ऋणको ब्याजदर कम हुने आधार हो । यो बैैकको कार्यकारीको भुमिकामा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङ छन् ।बैंक स्थापना भएको २५ वर्षपछि पहिलो पटक नेपाली सीईओमा सुदेश खालिङलाई नियुक्त (२०७७ चैत) गरिएको थियो । यसअघि बैंकले आफ्नो २० प्रतिशत सेयर साझेदारी रहेको भारतीय पञ्जाब नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत ल्याउँदै आएको थियो । काम गर्न नसकेको भन्दै भारतबाट ल्याइएको सिइओलाई फिर्ता लगेपछि खालिङको इन्ट्रि भएको थियो । उनको कमाण्डरमा बैंकको वित्तिय अवस्था उकालो लागिरहेको छ । अधिकांश बैंकको टाउको दुखाइ बनेको खराब कर्जा एभरेष्टको निकै न्युन छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !