काठमाडौँ । वाणिज्यपोष्ट मिडिया प्रा.लि.द्वारा सञ्चालित वाणिज्यपोष्ट डटकमका अध्यक्ष किरणचन्द्र रायमाझीलाई पितृशोक परेको छ । अध्यक्ष रायमाझीका पिता गणेशबहादुर रायमाझीको गत बुधबार ८९ वर्षको उमेरमा निधन भएको हो । वि. सं. १९९२ सालमा काठमाडौँको कोटेश्वरमा जन्मिएका रायमाझी बसाइँसराइका क्रममा चितवन पुगेका थिए ।
चितवनस्थित भरतपुर महानगरपालिका दद्राहनीमा स्थायी बसोबास गरिरहेका दिवंगत रायमाझी लामो समयदेखि अल्जाइमर रोगले ग्रसित थिए । २ छोरा र ४ छोरीेका अभिभावक रहेका रायमाझीको बुधबार चितवनस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !