काठमाडौँ। साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १२ . ५८ अङ्कले बढेर २६०१ . २१ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०. ४८ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका दशवटा उपसमूहका परिसूचक बढेका छन् भने बाँकि तीन उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.३२ प्रतिशतले बढेको छ। त्यसै गरी सर्वाधिक घट्ने उपसमूहमा म्युचुवल फन्ड उपसमूह रह्यो जसको परिसूचक ० .४६ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन पाँच अर्ब ९३ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको ७२ हजार पाँच सय ४० पटकको कारोबारमा छ अर्ब २५ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । जसमा १६१ कम्पनीका शेयर बढेका छन् भने ६८ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी चार कम्पनीका शेयर स्थिर रहेका छन् ।
आइतबार सर्वाधिक बढ्नेमा बोटलर्स नेपाल बालाजु रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा सुपर मादी हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एन आर एन इन्फ्रास्ट्रक्चर एंड डेवलपमेंट लिमिटेड रह्यो जसको २६ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा कुमारी बैंकको प्रमोटर शेयर रह्यो जसको दुई लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !