काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेका छन् । उनको उक्त पोष्टलाई लिएर अनेकन अड्कल हुन थालेको छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।
साथै लामिछानेले आफ्ना समर्थकहरूप्रति कृतज्ञता समेत प्रकट गरेका छन् । उनको यो स्ट्यासलाई धेरैजसोले सन्यास लिन लागेको अड्कल गरिरहेका छन् । यद्यपि यो नै कारण हो भनेर ठोकुवा भने गर्न सकिदैन ।
सन्दीपले नेपालका लागि ५८ एकदिवसीय र ५८ टी२०आई खेलेका छन् । उनले नेपाली टोलीबाट विश्वकप पनि खेलिसकेका छन् । उनले आइपीएल र बीबीएललगायत विश्वका चर्चित लिगहरू खेलिसकेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !