काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको मूल्यमा अमेरिकी डलर र युरोको भाउ स्थिर रहेको छ ।अमेरिकी डलरको मूल्य १३८ रुपैयाँ २८ पैसा खरिददर र १३८ रुपैयाँ ८८ पैसा बिक्रीदर रहेको छ भने युरोको १४२ रुपैयाँ ५३ पैसा खरिददर र १४३ रुपैयाँ १५ पैसा बिक्रीदर मूल्य कायम गरिएको छ ।
राष्ट्र बैंकका अनुसार आज यूके पाउन्ड स्ट्रलिङको खरिददर १६८ रुपैयाँ ९२ पैसा तथा बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा रहेको छ । स्वीस फ्रयांकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैया ३५ पैसा रहेको छ । यस्तै अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा रहेको छ ।
साउद कोरियन ओनको खरिददर १०० को ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको छ । स्वीडिस क्रोनेरको खरिददर १२ रुपाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा, डेनिस क्रोनेरको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, हङकङ डलरको खरिददर १७ रुपैया ७६ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ८३ पैसा रहेको छ । ओमानी रियालको खरिददर ३५९ रुपैयाँ १९ पैसा तथा बिक्रीदर ३६० रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !