काठमाडौ । सामाजिक अभियन्ता भनिने आशिका तामाङले आफुलाई प्रहरीले पक्राउ गर्न लागेको सामाजिक सञ्जाल मार्फत बताएकी छन् । तामाङले सार्वजनिक गरेको भिडियोमा दुई जना प्रहरीले उनीहरुलाई पक्राउ गर्नका लागि पठाएको पत्रको विवरण पढेर सुनाएका छन भने आशिका सँगै आएकी अर्की एक महिलाले भने ती प्रहरीलाई ओरिजिनल पत्र लिएर मात्र आफुहरुलाई पक्राउ गर्नु भनिरहेको सुनिन्छ । उनीहरुले पढेको पत्र अनुसार जिल्ला प्रशासन कार्यालय बबरमहलबाट अभ्रद व्यवहार मुद्धाको अनुसन्धानको लागि पक्राउ गर्न खोजिएको देखिन्छ ।
कुनै बेलाकी चलचित्र कलाकार, पेसाले नर्स आशिका तामाङ अहिले सोसल मिडियामा निकै चर्चित छिन् । १५ वर्ष जर्मनी बसेर स्वदेश फर्केकी उनी पछिल्लो समय नेपालका सरकारी निकाय, सार्वजनिक स्थानमा भइरहेको आर्थिक बेथिति र अत्याचारको उजागर गर्दै आएको दाबी गर्छिन् । आशिकाले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पार्किङ शुल्कमा सर्वसाधारणमाथि भइरहेको अत्याचारको विषय उठाएकोमा धेरैले उनको तारिफ पनि गरेका थिए । यद्यपि, उनको प्रस्तुति शैलीलाई लिएर प्रश्न उठ्ने गरेको छ । उनले समाजलाई झन् धेरै भाँड्ने र निराश पार्ने काम गरेको टिप्पणी समेत हुदै आएको छ ।
थप भिडियोमा :
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !