काठमाडौँ। साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २५ .४१ विन्दुले घटेर २६०९.६७ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.९६ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका १३ वटै उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ३.६० प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन सात अर्ब ३० करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०१ स्टकको ४६ हजार छ सय एक पटकको कारोबारमा तीन अर्ब ९९ करोड बराबरको किनबेच भएको छ । जसमा ४३ कम्पनीका शेयर बढेका छन् भने १९४ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी छ कम्पनीका शेयर स्थिर रहेका छन् ।
आइतबार सर्वाधिक बढ्नेमा वेअन नेपाल लघुवित्त र सिन्धु विकास बैंक रह्यो जसको शेयर समान दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा न्यादी हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेड रह्यो जसको २० करोड ४१ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सिंगटी हाइड्रो पावर रह्यो जसको छ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !